नियम ८५
मासिक तथा वार्षिक विवरण तयार गरी पेश गर्ने
(१) प्रत्येक कार्यालयले महिना भुक्तान भएको सात दिन भित्र खर्चको फाँटवारी, फछ्र्यौट हुन बाँकी पेश्कीको मास्केवारी र बैङ्क हिसावको विवरण, राजस्वको मास्केवारी, राजस्वको बैङ्क हिसाबको विवरण, धरौटीको मास्केवारी, धरौटीको बैङ्क हिसाबको विवरण तयार गरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा र नियम ८७ बमोजिम केन्द्रीय लेखा राख्ने तालुक कार्यालयमा पठाउनु पर्नेछ ।
(२) वैदेशिक सहायता समावेश भएका आयोजना वा कार्यालयहरूले उपनियम (१) बमोजिम विवरण पठाउ“दा वस्तुगत सहायता, सीधै भुक्तानी, टर्नकी बेसिसको सहायता, प्राविधिक र अन्य सहायता र शोधभर्ना हुने रकम, दातृ संस्था, स्रोतको प्रकार र रकम नं. समेतको विवरण पठाउनु पर्नेछ ।
(३) प्रत्येक कार्यालयले आर्थिक वर्ष समाप्त भएको पैतीस दिनभित्र उपनियम (२) मा उल्लिखित विवरण समेत समावेश गरी वार्षिक आर्थिक विवरण तयार गरी सो आर्थिक विवरणसाथ आर्थिक वर्षको अन्तमा बाँकी रहेको पेश्कीको विवरण, भुक्तानी हुन बाँकीको कच्चावारी संलग्न गरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र तालुक कार्यालयमा पठाउनु पर्नेछ ।